तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपालको अध्यक्षमा निलहरि बास्तोला निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ३१ गते, मंगलवार १७:२५

काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानं) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।

गए राति सम्पन्न मतगणनाबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्।

गए राती सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा निलहरि बास्तोलाले ६ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी कमल सापकोटाले २ सय ६४ मत ल्याएका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मतमा सिमित हुन पुगेका थिए ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु