दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजनैतिक प्रतिनिधित्व एवं समावेशिकरणको विकाससंबन्धि एक छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १ गते, बुधबार २१:०८

काठमाडौ ।अपांगता भएका व्यक्तिहरूको चुनावी उमेद्वारी प्रवर्धनद्वारा राजनैतिक प्रतिनिधित्व एवं समावेशिकरणको विकाससंबन्धि एक छलफल कार्यक्रम बुधबार अपांगता भएका व्यक्तिहरूका लागि स्वावलंबन जिवनपद्धति केन्द्र काठमाण्डौं को आयोजनामा संस्थाको कार्यालयमा सम्पन्न भयो। उक्त कार्यक्रममा विभिन्न राजनितिक दलसंग सक्रिय आवद्धता रहेका अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रम मूलतः निर्वाचन प्रणाली तथा चुनावी उमेद्वारीमा अपांगता समावेशिकरण तथा प्रतिनिधित्वबारे मुख्य दलहरूले आफ्नो चुनावी घोषणापत्रमा राखेका प्रावधानहरूको समिक्षा तथा विशलेषणमा केन्द्रित थियो। विविधता तथा समावेशिकरण परामर्षदाता किशोर रिजालले अपांगताको दृष्टिबाट प्रमुख दलका गत निर्वाचनका घोषणापत्रका सवल पक्ष्य र कमिकमजोरीबारे प्रस्तुती गरेका थिए। तत्पश्चात अपांगता अधिकारकर्मि समेत रहेका उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले उक्त समिक्षामा थप राय राखेका थिए।

कार्यक्रमका सहभागिहरूले मनोसामाजिक लगायतका कुनै पनि प्रकारका अपांगतालाई अयोग्यताको रूपमा ठहर गर्नु नै अन्याय भएको राय राखे। उपस्थित सबै सदस्यहरूले अपांगता अभियान र संघसंस्थाको पैरवी तथा दवाव संगै दलभित्रका इकाई तथा भ्रात्रि संगठनको प्रभाव पनि सशक्त बनाउनुपर्नेमा जोड दिए। अपांगतालाई केबल सेवा-सुविधा लिने वर्गको रूपमा हेरिएकोमा असहमति जाहेर गर्दै अधिकार र त्यसमा पनि राजनैतिक अधिकारको सुनिश्चितता र दस्तावेजिकरणका लागि सेवा-सुविधा र अधिकार दुवै साथै लैजान दलभित्र दवाव सृजना गर्नुपर्ने तथा आफ्नो दह्रिलो उपस्थिति कायम गर्नुपर्नेमा सहभागीहरूको जोड थियो।

कार्यक्रममा बोल्दै ने.क.पा एमाले संवद्ध लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालका डा. लक्ष्मण ज्ञवालीले दलहरूले अपांगता र अपांगताका मुद्दा नबुझी अपांगताबारे लेख्ने गरेको गुनासो गरे। मौलिक हकमा अपांगता अधिकारलाई पनि समेट्न दवाव दिनुपर्ने राय राख्दै उनले अपांगता भएका व्यक्तिहरूको समावेशिकरण हेतु ऐन संसोधन हुनुपर्ने, अपांगताको कानुनी आयोगको व्यवस्था हुनुपर्ने तथा अपांगताका सन्दर्भमा सम्मानजनक शब्द प्रयोग गरिनुपर्ने माग गरे। त्यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टिकी केन्द्रिय सदस्य देवकुमारी पराजुलीले दलको लोकतान्त्रिक प्रणाली र समावेशिकरणमा आफ्ना मुद्दालाई संबोधन गराउन अपांगता भएका व्यक्तिहरूको प्रभाव र उपस्थिति महत्वपूर्ण हुने भनाई राखिन्। कलाधर भण्डारीले दृष्टिबिहिन लगायत सहयोगी चाहिने अशक्त अपांगता भएकाहरूले एकाघरको व्यक्ति मात्र नभई इच्छाएको व्यक्ति समेत मतदानका क्रममा सहयोगीको रूपमा लैजान पाउने प्रावधान हुनुपर्ने बताए।। राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्य महेश्वर घिमिरेले पार्टिको आन्तरिक लोकतन्त्र र समावेशिकरणमा जोड दिँदै अपांगताका भ्रात्रि संगठन भएका दलहरूले संगठनात्मक सुदृढिकरणमा जोड दिनुपर्ने राय राखे। यस्तै उनले नवगठित आफ्नो पार्टिको चुनावी घोषणापत्र तथा अन्य आधिकारिक दस्तावेजमा अपांगता मैत्री, समावेशी पद्धति एवं पहुँचयुक्ततालाई पहिलो प्राथमिकता दिइने दावी गरे। नेपाली कांग्रेस अन्तर्गतको राष्ट्रियलोकतान्त्रिक अपांग संघका विकास थापाले कागजी घोषणा वा दस्तावेजले मात्र काम नगर्ने भन्दै वास्तविक चुनौती व्यवहारिक कार्यान्वयनमा रहेको बताए।

कार्यक्रममा, ने.क.पा समाजवादि, ने.क.पा माओवादि संवद्ध अपांगता संगठनका प्रतिनिधिहरूले पनि अपांगता अभियान र संघर्ष संगै राजनैतिक दल र नेत्रित्वसम्म दवाव र दह्रिलो प्रभाव पुर्याउन सके मात्र अपांगता समावेशी राजनिति र विकास संभव हुने राय व्यक्त गरे। समापनका क्रममा, संस्थाका अध्यक्ष टेकबहादुर गुरुंगले धन्यवाद ग्यापन गर्दै यस्ता कार्यक्रमहरूले अपांगता भएका व्यक्तिहरूको साझा धारणा निर्माण तथा अन्तरपार्टि सञ्जाल विकासमा टेवा पुर्याउने धारणा राखे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु