
काठमाडौ ।काठमाडौंको अनामनगरमा पहिलोपटक अत्याधुनिक जम्काभेट लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ ।
वरिष्ठ गायक आनन्द कार्कीको प्रमुख आतिथ्यता लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा जम्काभेट लाउन्ज एन्ड बार को उद्घाटन गरिएको थियो।
कोरोना कहरका कारण होटेल र रेस्टुरेन्ट व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरूको सामूहिक लगानीमा सञ्चालनमा गरिएको जम्काभेट रेस्टुरेन्टमा इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाइन्छ । हाइजेनिक खानाका परिकार मात्रै नभई हप्तामा दुई दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘जम्काभेट लाउन्ज एण्ड बार’का संचालन पशुपति त्रिपाठिले जानकारी दिए ।
फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुरेन्ट सहितको लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छौ। जम्काभेट् रेस्टुरेन्टमा सेमिनार, गोष्ठी, इभेन्ट तथा दुई सय पचास क्षमताको पार्टीहरू समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । जसका लागि हल रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुम,गार्डेन लगायतको व्यवस्था रहेको संचालन निर्मल पंडितले बताए ।
संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर रेष्टुरेन्ट एन्ड लाउन्ज सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्ट बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ ।
‘जम्काभेट रेष्टुरेन्ट मा मटन पक्कु,चिकेन तन्दुरी, तन्दुरीका विभिन्न परिकार, बिर्यानीका विभिन्न परिकार, मो.मो का विभिन्न परिकार , नेपाली खाना सेट, ककटेल,मकटेल विभिन्न स्वदेशी तथा बिदेशी ब्रान्डका मदिरा,अत्याधुनिक हुक्का लगायतका फरक–फरक स्वादका खानाहरू संगै प्य पदार्थहरु उपलव्ध छन् । अनामनगरमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको व्यवस्थापक दिपक दंगालले जानकारी दिए ।
जम्काभेट रेष्टुरेन्ट एन्ड लाउन्ज बार बाट दुई दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । अनामनगर चोकमै रहेको रेष्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर अनामनगरको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरूको आनन्द लिन सकिन्छ । रेष्टुराँमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरू साना, स्थानीय उत्पादकहरूमार्फत खरिद गर्ने योजना रहेको छ ।
पब र क्लबहरू दरबारमार्ग र ठमेलमा मात्र हैन अब अनामनगरमा पनि छ है भन्ने सन्देश दिन पनि ‘जम्काभेट रेष्टुरेन्ट लाउन्ज एन्ड बार ’को आइडिया फुरेको अर्का संञ्चालक निर्मल पंडितले बताए ।
काठमाडौंको मुख्य केन्द्र मानिने अनामनगरमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले जम्काभेट रेष्टुरेन्ट एन्ड लाउन्ज बार संचालनमा ल्याइएको संचालक त्रिपाठिले बताए । नेपालको नमुना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । खेलप्रेमीहरूलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठुलो पर्दाको एलईडी स्क्रीनको समेत व्यवस्था गरिएको छ ।


