दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ३ गते, शुक्रबार १९:१३

काठमाडौ ।ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई १९–१७ ले हरायो । जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले पाखा लगायो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल, सिनियर गल्र्समा काष्ठमण्डपकी राजभी श्रेष्ठ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका स्पर्श अधिकारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा महामञ्जुश्री तथा जुनियर ब्वाइजमा ओरेकल रे एकेडेमी अनुशासित टिम चुनिए ।
विजेतालाई नागर्जुन नगरपालिका वडा ४ का अध्यक्ष लक्ष्मी शर्मा, ग्रिनफिल्ड एडुकेसन फाउन्डेसनका अध्यक्ष खडकबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु