दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड र पृथ्वीको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ३ गते, शुक्रबार १९:१८

काठमाडौ ।आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५ औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१० ले हरायो ।
सिनियर ब्वाइजमा टीआईएले फेरिल्यान्डलाई २९–१८, सेन्ट जोसेफले स्कोलर्स होमलाई ३८–१० र गोल्डेनपिकले पृथ्वीलाई ३३–१७ ले हराए । टीआईएका स्वीकृत अधिकारीले १३, सेन्ट जोसेफका निकेश तामाङले १२ र गोल्डेनपिकका दिनेश रपालले १३ अंक जोडे ।
धापासीस्थित आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले स्कोलर्स होमलाई १७–८, लालीगुराँसले ग्रिनल्यान्डलाई १९–११ र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले ओडिसीलाई २३–१३ ले पन्छाए । गोल्डेनपिकका डायमन्ड राईले ९ तथा बीएनएका सेशाङ गुरुङले ९ स्कोर गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा ९ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु