दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा नेतृत्वको आवश्यकता महशुस गरि काठमाडौं-क्षेत्र ४ (२)बाट चुनाव लड्ने धरातलको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ४ गते, शनिबार ५:५२

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति आगमी मंसिर ४ गते हुने टुंगो लागेपछि उम्मेदवारी दिने घोषणा लहर चलेको छ। विशेषगरी काठमाडौं जिल्लामा उम्मदेवारी दिने सोच बनाएकाहरूले उम्मेदवारी घोषणा गर्न थालेका हुन्।

काठमाडाैँ क्षेत्र नं ४ (२) को प्रदेस सभा सदस्यमा नेकपा एमालेको तर्फबाट राजन श्रेष्ठ ‘धरातल’ ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडाैँको केन्द्र मानिने निर्वाचन क्षेत्र नम्वर ४ (२) मा युवा नेतृत्वको आवश्यकता महशुस गरि उम्मेदवारी घोषणा गरेको ‘धरातल’ ले जानकारी दिनुभयो ।

उहाँको उम्मेदवारी घोषणा सँगसँगै राजनितिमा निकै जोडतोडले चर्चा चलिरहेको छ । ‘धरातल’ बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का सक्रिय युवा हुनुहुन्छ ।

अंग्रेजी साहित्यमा एमए र एमफिल गरी विधावारिधि (PHD) गर्दै गरेका श्रेष्ठ नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य रहनु भएको छ भने, नेपाल खेलकुद महासंघको जिम्मेवारी स्थानमा समेत रहनुभएको छ ।

लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेका ‘धरातल’ मनास्लु वर्ल्ड कलेजको प्रमुख रहनुभएको छ । उहाँ हिसान, नेसनल प्याव्सन लगायतका पेशागत संघ संस्थामा समेत आवद्ध रहनु भएको छ ।

लायन्स क्लव मार्फत समाजसेवामा सक्रिय ‘धरातल’ देश विकासका लागि युवा उर्जा र जोश सहितको नेतृत्व आवश्यक रहको बताउनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु