दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ४ गते, शनिबार १०:०६

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा राजनीतिक परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तनको महशुस नभएको गुनासो गरेका छन् ।

उनले लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरुको मात्र पेवाजस्तै रहेको टिप्पणी गरेका छन् । उनले राजनीतिक परिवर्तन हुँदा केहीको जीवन पद्धती परिवर्तन भभएको तर भुईँमान्छेहरुका भावनाको कहिल्यै कदर नभएको पनि गुनासो पोखेका छन् ।

उनले आफूले अब भुँई मान्छेका आवाज सदनमा बुलन्द बनाउने र त्यसको लागि बर्दिया २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-

उम्मेदवारि घाेषणा
===========
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडी बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन ! लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरूकाे मात्र पेवा जस्तै रह्ययाे ।
केही काे जिवन पद्वति परिवर्तन भयाे र भुईमान्छे हरूका भावनाहरूकाे कहिल्यै कदर भएन्न ! अब भुई मान्छेका आवाजहरूलाई सदमान बुलन्द गर्न मैले बर्दिया जिल्लाकाे क्षेत्र नं.२ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट प्रतिनिधि सभा सदस्यकाे लागि आज उम्मेदवारि घाेषणा गर्दछु ।
बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya ) का लागि म अनवरत रूपमा लागरहने प्रतिवद्वता ब्याक्त गर्दछु । यहाँ सम्म यहाँहरूले गरेकाे माया, सद्भाव, आत्मियता अवस्मरणिय छ र आगामि दिनहरूमा यहाँहरू सम्पुर्णकाे साथ सहयाेगकाे लागि हार्दिक-हार्दिक अनुराेध गर्दछु । जय राष्ट्रबाद !”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु