दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३३७ नमुना परीक्षणमा २९९ जना संक्रमित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ४ गते, शनिबार १८:२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३३७ नमुना परीक्षणमा २९९ जना संक्रमित थपिएका हुन् । आज थपिएका २९९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ३९ पुगेको छ ।

त्यसैगरी आज निको भएका ५७७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार ४२२ जना कोरोनाबाट निको भएका छन् ।

त्यस्तै आज २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९९२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी नेपालमा हाल ४ हजार ६२५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४ हजार ४१६, संस्थागत आइसोलेशनमा २०९, आइसीयुमा ५३ जना र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु