दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भ्याली पब्लिक र एन्जल्स हार्ट सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ४ गते, शनिबार १९:०८

काठमाडौ ।भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई १८–६ ले हरायो । ग्रिनफिल्डले सेबलाई १३–७ ले पाखा लगायो । ग्रिनफिल्डका पुजन उप्रेतीले ९ स्कोर गरे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–१२ तथा पृथ्वीले फेरिल्यान्डलाई २५–२४ ले निराश पारे । भ्याली पब्लिकका एन्जल गुप्ता र अनिता गुरुङले समान ११–११ तथा पृथ्वीकी दावा छिरिङ गुरुङले १३ अंक बटुले ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ४२–३०, ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई ४६–३५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले फेरिल्यान्डलाई ४५–२५ र ग्रिनफिल्डले स्कोलर्स होमलाई २९–१९ ले पन्छाए । भ्याली पब्लिकका अनमोल गुरुङले १४, ग्रिनल्यान्डका दिवस भुजेलले १९, बीएनएका सन्देश खड्काले १९ र ग्रिनफिल्डका सुशान्त कार्कीले २० अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु