काठमाडौ – राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली महिलाहरूले परा पुर्वकाल देखि मनाउदै आईरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर शनिबार सहरा महिला समाज र खाँडादेवी फूडल्याण्डको संयुक्त रुपमा आयोजना गरेको तिज विशेष महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
सहरा महिला समाजकी अध्यक्ष बिना दाहालको अध्यक्षता रहेको कार्यक्रममा काठमाडौ महानगरपालिकाको उपमेयर सुनिता डङोल प्रमुख आतिथ्यता विशिष्ट अतिथि दक्षिणकाली नगरपालिकाकाको उपमेयर बसन्ती तामाङ सहित विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरूले चार्डपर्वहरु मनाउदा आफ्नो शक्ति अनुसार मनाउन,पर्वलाई भट्किलो नबाउन भन्दै तिजको पर्वको शुभकामना समेत व्यक्त गर्नु भयो ।
कार्यक्रमको संयोजन नेपाली लोक दोहोरी क्षेत्र र बिशेषगरी स्टेज कार्यक्रम संचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेल गरेकी थिईन् । कार्यक्रममा आर्थिक,नैतिक र भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती, प्रायोजक,कलाकार लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा उल्लेखनीय रुपमा चर्चित कलाकारहरुको सहभागितामा बेजोड सांस्कृतिक प्रस्तुतिका साथै रातो सारी,चुरा पोते,छड्के तिलहरी मेहेन्दिमा सजिएका चेलिहरुहरु एक आपसमा भेटेर हर्सित बन्दै छमछ्मी नाचेको देख्दा बर्ष दिनमा माइत गएर आफ्ना साथीसंग भेट्दा मख्ख परि नाचेजस्तै देखिन्थे भने कार्यक्रम पनि विशेष बनेको देखिन्थ्यो ।