दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ७ गते, मंगलवार १५:४९

काठमाडौं, भदौ ७ । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ।

‘नबिल ढुक्क मुद्दती खाता’अन्तर्गत ग्राहकहरुले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपाल प्राप्त रकममा खोल्न सकिनेछ। नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

त्यसैगरी विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

यस खाताअन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु