दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आर्थिक स्वाबलम्बनका लागि विश्व हिन्दू परिषद् नेपालद्वारा सिलाई प्रशिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ७ गते, मंगलवार १५:५४

राजाराम दासकाठमाण्डौ, भाद्र ७ गते । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
भंगहा नगरपालिकाका विभिन्न वडाहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई भाद्र ६ गते एक कार्यक्रम बिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी श्री ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष श्री वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष श्री रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । सफलतापूर्वक सिलाई प्रशिक्षण केन्द्र सञ्चालनका योगदान पु¥यानुुहुने केन्द्रका प्रशिक्षक श्रीमती महिमा सिंह एवं एकल विद्यालय अभियानका स्थानीय संच प्रमुख श्रीमती रामपरी रामलाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विश्व हिन्दू परिषद्का तर्फबाट प्रदेश संगठन सचिव श्री धनुषधारी पाण्डे, महिला प्रमुख श्रीमती सुनिता देवी ठाकुर, धनुषा जिल्ला उपाध्यक्ष श्री अमन प्रसाद गुप्ता लगायत स्थानीय कार्यकर्ताहरु सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।
आगामी दिनमा महोत्तरीको औरही नगरपालिकामा समेत सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गरिने परिषद्का प्रदेश संगठन सचिव श्री धनुषधारी पाण्डेले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु