• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १३:४४

    युएई । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक टिमले बताएको छ ।

    नेपाली महिलाहरुको महान पर्वको रुपमा लिईने पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पुर्ण चेलिहरुलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए । सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेषसास्कृतिक कार्यक्रम हुने उनले बताए ।
    कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ । प्रवासमा रहेका नेपाली चेलिहरु लाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए ।कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एकहजार भन्दा धेरै सहभागी हुनेअपेक्षा गरिएको ठगुन्नाले बताए ।

    कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जन गायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ,कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चितगायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तिज बिशेष कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए । नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने दोङ्ले जनाए । कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको दोङ्ले बताए । अहिले टिकट बिक्रि,कार्यक्रम व्यवस्थापन लगायतका काम भईरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु