दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिज विशेष: यसरी बनाउनुस् घरमै स्वादिष्ट ढकनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १३ गते, सोमबार ९:३३

१०-११ जानको लागि ढकनी पकाउन चाहिने सामग्रीहरु:

– १ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने

– घिउ ३०० ग्राम
– दुध ६ लिटर
– चिनी ४०० ग्राम
– ड्राई फ्रुट्स (काजु, बदाम, किसमिस, क्षुवारा – २५० ग्राम)
– ल्वाङ, सुकमेल, मरिच एवम् अलैंचीको जैफलको धूलो ।

पकाउने विधि

१. कसौडीमा घिउ तताउने।
२. तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने ।
३. खैरो भएपछि एकछिन सेलाउन दिने ।
४. सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।
५. छोपेर चलाउने ।
६. चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।
७. त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।
८. ल्वाङ, सुकमेल, मरिच एवं अलैंची जैफलको धूलो राख्ने ।
९. केही समय ढकनाले छोपेर राख्ने ।
अब यो परिकार खानका लागि तयार भयो । घिरौँलाको तरकारी, काँक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसँग दरको आनन्द लिई खाऔँ ।

ढकनी बनाउँदा चिनी, मसला र ड्राइ फ्रुट पाकी सकेपछि मात्र राख्ने । नत्र फाट्न सक्ने सम्भावना हुन्छ । अन्तिममा आँपको लेदो राखेर आँपको स्वादमा पनि खान सक्नु हुन्छ । चकलेट पाउडर राखेर चकलेटको स्वादमा पनि लिन सक्नुहुन्छ । अन्य फलफूलको पल्प बनाई सेलाई सकेपछि मिश्रण गरी अलग अलग स्वादमा लिन सकिन्छ ।

लेखक
भान्से लक्ष्मण प्रसाद भंडारी
**आली देखी थाली सम्म*** का अभियन्ता
** भान्सालय++
का संचालक र ग्लोबल नेप्लिज सेफ फेडरेशन का संस्थापक अध्यक्ष हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु