तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बक्सिङ खेल तर्फ नवौँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेश छनौट सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १३ गते, सोमबार २०:२०

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थिति आजबाट अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको हो ।
बागमती प्रदेशका अभिभावक युवा तथा खेलकुद मन्त्री माननीय रत्न प्रसाद ढकालले खेलाडीहरुलाई खेलमै उज्वल भबिस्य देख्ने वातावरणको सृजना गर्न प्रतिबद्ध रहेको र नवौँमा प्रथम हुने खेलाडीलाई मासिक भत्ता बापत रु छ हजारको दरले उपलब्ध गराउने समेत बताउदै सहभागी सबै खेलाडीहरुलाई उज्वल खेल जिवनको शुभकामना व्यक्त गरेका थिए ।
आज सम्पन्न भएको अन्तिम चरणको सेमिफाइनल खेलहरुमा महिला तर्फ ५० के.जी.तौल समुहमा रामेछापकी रेजिना रन्जितकारको विरुद्ध काभ्रेकी प्रतिष्ठा अर्यालले ५ः ० अङ्कमा जित हासिल गरिन । त्यस्तै, पुरुष तर्फ ५४ के.जी. तौल समुहमा ललितपुरका आर्यन थापाको विरुद्ध मकवानपुरका सुदेश मानन्धरले
५ः ० अङ्कमा जित हासिल गरे ।
पुरुष ६० के जी. तौल समुहमा दोलखाका अनिस घिसिङको विरुद्ध रसुवाका सुलभ मालीले ५ः ० अङ्कमा जित हासिल गरे । सोही तौल समुहमा मकवानपुरका एनिस पुलामीको विरुद्ध काठमाडौंका मार्शल गुरुङले ५ः ० अङ्कमा जित हासिल गरे । भने ६३.५ केजी तौल समुहमा ललितपुरका सागर दर्जीको विरुद्ध काठमाडौंका मनिस श्रेष्ठले ५ः ० अङ्कमा जित हासिल गरे ।
आज सम्पन्न भएको फाईनल खेलहरुमा पुरुष तर्फ ५१ केजि तौल समुहमा उमंग केसीको विरुद्ध काभ्रेका लाल प्रसाद उप्रेतीले ५ः ० अङ्कमा जित हासिल गरे । भने ५७ केजी तौल समुहमा ललितपुरका सुयल ढंगोलको विरुद्ध काठमाडौंका सुरोज महर्जनले वाकओभरको आधारमा जित हासिल गरे ।
प्रदेश छनौट समितिका प्राविधिक संयोजक नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीका अनुसार उक्त अन्तिमचरणको छनौट प्रतियोगितामा प्रथम प्रदेश खेलकुद –२०७८ मा प्रथम र दितिय हुने खेलाडी, एसियन खेलमा सहभागी भै बन्द प्रशिक्षणमा रहेको खेलाडीहरु र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु