
१५ भदौ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवन पद्ती केन्द्र काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित जीनतपद्ती अवधारणालाई नेतृतेव गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जनचेतना जगाउने, क्षमता अभिवृदि गर्ने, नीतिगत जनवकालत गर्ने, समय सान्दर्भिक विषय वस्तुसँग आधारित भएर अपाङ्गता भएका व्यक्तिहरुका सवालमा पैरवी गर्ने लगाएतका कार्यहरु गर्दै आएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालमा काम गर्ने क्रममा यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागीताको अधिकार सुनिश्चित गर्नका लागि विभिन्न राजनीतिकदलहरुलाई अपाङ्गताका सवाल समावेश गरी अडान पत्र तयार गरेको छ । यसै विषयमा आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरी आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा उमेदवारी सुनिश्चितताका लागि राजनीतिक दलहरुलाई प्रस्तुत गरिने मस्यौदा अडान पत्र माथी छलफल गरियो ।
यो छलफलमा आयोजक संस्थाका संयोजक कृष्ण दाहालले यस अडान पत्रमा छलफल गरे पछि सम्बन्धित निकायहरु र राजनीतिकदलहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्नु पर्ने भनेर ध्यानाकर्षण गराउने बताउनु भयो ।
त्यसै गरी कार्यपत्र प्रस्तुतकर्ता किशोर रिजालले यस अडान पत्रको विषयमा प्रस्तुतीकरण गर्दै विभिन्न राजनीतिक दलका घोषणा पत्रमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गरिनु पर्ने, उनीहरुको क्षमता अभिवृदि र जनवकालत गर्न तयारी गर्ने, आसन्न प्रदेश र प्रतिनिध सभाको अब हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न छलफल गर्ने बताउनु भयो ।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य महेश्वर घिमिरेले विभिन्न राजनीतिकदलहरुदलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गरी अडान पत्र र घोषणा पत्र छुट्टा छुट्टै तयार गरी बुझाउनु पर्ने सुझाब दिनु भयो भने आफु आवद राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिहरुलाई सदस्यको लागि खुल्ला आव्हन गरिएको पनि बताउनु भयो ।
त्यसै गरी ने.क.पा. माओवादी केन्द्रको भातृसंगठन अपाङ्गता संगठन नेपालका अध्यक्ष टिकाराम पराजुलीले राजनीतिक दलहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश घोषणा पत्र यही भदौ २० गते भित्रमा बुझाउन सकेमा यी सवालहरुलाई संवोधन हुन सक्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै आयोग बनाउनु पर्ने कुरामा जोड दिनु भयो भने राष्ट्रिय प्रजातन्त्र पाटीकी केन्द्रि सदस्य देवकुमारी पराजुलीले प्रत्येक राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई आफ्नो घोषणा पत्रमा राख्नु पर्ने, यस संस्थाले आयोजना गरेका राजनीतिक सवालहरुको रिपोर्टिङ् आफु आवद राजनीतिकदलमा गर्ने गरेको पनि बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल समावेश गर्नु पर्ने, कार्यविधि र प्रचार प्रसारका कुराहरु प्रष्ट उल्लेख गर्नु पर्ने बताउनु भयो ।
सो छलफलम सोवालय समावेशी समाज SiSN का अध्यक्ष मुकुन्दहरु दाहालले अनुगमन सम्बन्धी प्रतिष्ठानको माग गर्नु पर्ने, सबै राजनीतिकदलले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नु पर्ने, पहुँचयुक्तता तथा कानूनी आयोग समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा एविलिटि मञ्चका कार्यकारी निर्देशक सुदर्शन सुवेदीले कार्यक्रमको सहजीकरण गर्दै कानूनी रुपमा नै विभिन्न राजनीतिकदलमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्ने, प्रत्येक राजनीतिकदलहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नु पर्ने कुरामा वकालत तथा पैरवी गरिनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष रामा ढकालले सबै राजनीतिक दलहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई आफ्नो पाटीको घोषणा पत्रमा समावेश गर्नको लागि बाध्यकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो भने महासचिव राजु बस्नेतले राजनीतिक दल तथा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका लागि कानूनी रुपमा नै लेखिनु पर्ने, प्रत्येक राजनीतिकदलका भातृसंगठनले अपाङ्गताका सवाल समावेश गर्न पहल गर्नु पर्ने बताउनु भयो ।
यस छलफलमा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेकबहादुर गुरुङ्गले यस छलफलमा आएका सुझाबहरुलाई मनन गर्दै प्रत्येक राजनीतिक दललाई अपाङ्गता भएका व्यक्तिहरुक सवाल समावेश गर्न, निर्वाचनमा प्रतिनिधित्व गर्नका लागि घोषणा पत्र अडान पत्र तयार गरी सम्बन्धित निकायलाई बुझाउने बताउनु भयो ।


