दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लिटिल आईकन उदयपुर’ प्रथम अडिसन सम्पन्न,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १६ गते, बिहीबार १४:५३

‘

काठमाडौँ — भाद्र १६, २०७९।

विङ्स इन्टारटेन्मेन्टद्धारा आयोजना गरिएको बालबालिका केन्द्रित ‘लिटिल आईकन उदयपुर’ को पाचौं संस्करणको लागि प्रथम छनौट प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रियावाट ३३ जना सहभागीहरु छनौट गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारिका कारण २ वर्षसम्म स्थगित रहेको उक्त सौन्दर्य प्रतियोगिता यस वर्ष भने विश्व स्वास्थ्य महासंघले जारी गरेको स्वास्थ्य निर्देशिका वमोजिम संचालन गरिने आयोजक संस्थाका संचालक तथा नृत्य निर्देशम एम जे मिथुनले जनाए। साथैप्रतियोगिताको अन्तिम छनौट प्रकृया भाद्र १८ गते हुनेछ।

छनौट गरिएका प्रतियोगीहरुलाई करिव एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ उक्त तालिममा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रममा तालिम प्रदान गरिने आयोजकले जनाएका छन ।

उदयपुर जिल्ला भित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई मध्य नजर गरि उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ ।

प्रतियोगिताका विजेताले ‘लिटिल आईकन उदयपुर’ को उपाधी सहित उच्च शिक्षा अध्ययनमा छात्रवृत्ती, थुप्रै आकर्षक उपहारहरु र अन्य विभिन्न अवसरहरु प्राप्त गर्नेछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु