दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना : मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १७ गते, शुक्रबार १६:५७

काठमाडौँ, १७ भदौ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्क भित्र रहेको कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सामान किन्ने ग्राहकले मोटरसाइकल उपहार पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २६ मा विस २०६३ फागुनबाट सञ्चालनमा आएको कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष पनि दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी उपहार योजना सुरु गरेको छ ।

कान्तिपुर मलले सुरु गरेको उक्त उपहार योजना भदौ १६ गतेदेखि नै लागू हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो । भदौ १६ देखि छठ पर्वसम्म कान्तिपुर मलभित्र रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान किन्ने ग्राहकलाई एउटा कुपन प्रदान गरिने र सो कुपनको आधारमा विजेता घोषणा गरिने महाप्रबन्धक निरौलाको भनाई छ ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामाह मोटरसाइकल, दोश्रो पुरस्कार १२५ सिसिको यामाहा स्कुटर र तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि टेलिभिजन प्राप्त गर्नेछन् । यस्तै, चाँैथो पुरस्कार सामसुङ कम्पनीको २०० लिटरको फ्रीज र अन्य १० जनालाई सान्त्वना पुरस्कारस्वरुप घडी, आइरनलगायतका उपहार प्रदान गरिनेछ ।

झण्डै २०० सटर रहेको उक्त मलमा बैँक तथा वित्तिय संस्था, सैलुन, गुदपाक भण्डार, लत्ताकपडा पसल, इलेक्ट्रोनिक्स पसल, रेष्टुरेन्टलगायत रहेको छ । काठमाडौँभित्रको पुरानो सपिङ मल भएको कारण उक्त मलमा सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गरिने कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतमले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु