दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पत्रकार सन्तोष न्यौपाने काँग्रेसबाट प्रदेशसभा सदस्यमा सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १७ गते, शुक्रबार २०:०६

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसले पत्रकार सन्तोष न्यौपानेलाई प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) समितिले नेपाल प्रेस युनियनका नेतासमेत रहेका पत्रकार न्यौपानेलाई प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा सिफारिस गरेको हो ।

दुई दशकभन्दा बढी समय नेपाली पत्रकारिता क्षेत्रमा विताएका न्यौपानेसँग नेपाल प्रेस युनियनको विभिन्न पदमा बसेर काम गरेको अनुभव छ । काठमाडौँको लैनचौरमा स्थायी बसोबास गर्दै आउनुभएका न्यौपानेले पार्टीको विभिन्न विभागमा समेत काम गर्नुभएको थियो ।

न्यौपानेले इमेज टेलिभिजनमा काम गर्दा माओवादी अध्यक्ष प्रचण्डको शक्तिखोर भिडियो सार्वजनिक गरेर चर्चा कमाउनुभएको थियो । राष्ट्रिय समाचार समितिको पूर्व सञ्चालक समिति सदस्य भइसक्नुभएका न्यौपानेले हाल नेपाल टेलिभिजनमा समसामयिक विषयवस्तुबारे अन्तवार्ता लिँदै आउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु