तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“माडीको पर्यटन प्रबद्र्धन गर्दै उज्यालो टाईम्स”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार १४:२२

माडी/उज्लालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.ले माडी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ माडी क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरेको छ ।
उज्लालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको नेतृत्वमा पुगेको टोलीले प्रा.लि.को. बार्षिक कार्ययोजना अन्तर्गत प्रत्येक वर्ष चितवनका छुट्टाछुट्टै स्थानमा पुगी अवलोकन गर्ने साथै त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप यसवर्ष माडी क्षेत्रको अवलोकन गरेको थियो ।
मिडिया मार्फत माडी क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक विषयहरुमा जानकारी दिने उद्देश्य अनुरुप एकदिने स्थलगत अवलोकन कार्यक्रम राखिएको प्रा.लि.का अध्यक्ष राजु भट्टले जानकारी दिनुभयो ।
शुक्रबारदेखि शुरु भएको एकदिने अवलोकन कार्यक्रम अन्तर्गत माडी भ्यू सामुदायिक होमस्टे, माडी–६, लक्ष्मी निवासस्थित कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह परिसरमा रहेको पुष्प मदन स्मृति बाटिका, बघौडा अस्पताल लगायतका स्थानहरुको अवलोकन गरिएको कार्यक्रम संयोजक एवम् उज्यालो टाईम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले बताउनुभयो ।
एकदिने स्थलगत अवलोकन कार्यक्रममा मिडियाका सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु