दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बोधित र सुस्मितालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार १९:३४

मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा पराजित गरे । नुवाकोटका गनन्जय दाहाल र काठमाडौंका हिमाल विष्ट तेश्रो भए । गल्र्सको उपाधि भिडन्तमा सुस्मिताले एभीएमकी वियांका राईलाई ११–९, ११–८ र १३–११ को सीधा सेटमा हराइन् । प्रभातकी अन्जु सुवाल र कान्तिपुर पिङपोङ क्लबकी प्रणिका कुँवर तेश्रो भए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट गल्र्स सिंगल्समा एभीएमकी इभाना थापा मगर पहिलो भइन् । इभानाले फाइनलमा मोर्डन कलेजकी दिया देउलालाई ११–४, १२–१० र ११–४ को सोझो सेटमा पाखा लगाइन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र प्रोक्सिमाकी नर्वदा खाइतु तेश्रो बने । विजेताले ७ हजार ५ सय, उपविजेताले ३ हजार ५ सय र तेश्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु