तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सञ्चारमन्त्री कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार १९:४४

सुनसरी,भदौ १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।

मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा क्षेत्रीय सभापति एयुब अन्सारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भई अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन्।

वि.सं. २०७४ सालको निर्वाचनमा मन्त्री कार्की ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आएका कार्कीले सुनसरीको विकास र विस्तारका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणमा पुर्‍याएको योगदानका कारण उनलाई सर्वसम्मत रूपमा उम्मेदवारमा सिफारिस गरिएको जानकारी क्षेत्रीय सभापति एयुब अन्सारीले दिए।

सुनसरी क्षेत्र नम्बर ४ को समग्र विकास अभियानमा कांग्रेसका प्रभावशाली नेता कार्कीसँग त्यस क्षेत्रका सर्वसाधारणको अझै आशा, अपेक्षा र विश्वास रहेको उनको विश्वास छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु