दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपांगता भएका व्यक्तिहरूको चुनावी उमेद्वारी प्रवर्धनका लागि एक दिवशिय अभिमुखिकरण कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २१ गते, मंगलवार २०:०७

काठमाडौ ।अपांगता भएका व्यक्तिहरूको चुनावी प्रवर्धनका लागि आसन्न निर्वाचनका संभावित उमेद्वार एवं इच्छुक अपांगता भएका व्यक्तिहरू सम्मेलित एक अभिमुखिकरण कार्यक्रम मंगलबार बाघबजार स्थित होटल हार्दिकमा आयोजना गरियो। अपांगता भएका व्यक्तिहरूका लागि स्वावलंबन जिवनपद्धति केन्द्र, काठमाण्डौं (सिआइएल-काठमाण्डौं) को आयोजना एवं स्थानिय पहलकदमीका लागि क्यानडेलि सहयोग (सिएफएलआइ) को साझेदारीमा सञ्चालित उक्त कार्यक्रम राजनीतिक वृत्तमा लागी प्रतिनिधित्वद्वारा अपांगता भएका व्यक्ति एवं समग्र समाजको हकहित तथा उत्थानका लागि प्रयत्नशिल अपांगता भएका व्यक्तिहरूको ज्ञान तथा प्रेरणा वृद्धि लक्षित थियो। तीन सत्रमा विभाजन गरेर सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको चुनावी उमेद्वारीको महत्व, यसका विद्यमान अभ्यास, चुनौति तथा संभाव्यताहरू, राजनीतिक प्रतिनिधित्व र निर्वाचन प्रणालीमा पहुँच र समावेशिकरणका मुद्दा लगायत विषयमा देशभरबाट उपस्थित २५ सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रमा निर्वाचन आयोगका लैंगिक तथा समावेशी शाखाका प्रतिनिधि कमल भट्टराईले अपांगता लगायत सिमान्तक्रित वर्गको समावेशिकरणका सन्दर्भमा रहेका कानुनी, संवैधानिक तथा नीतिगत व्यवस्थाबारे प्रकाश पारेका थिए। साथै, अपांगता भएका व्यक्तिहरूको उमेद्वारी तथा पहुँचयुक्त निर्वाचन प्रक्रियाको सहभागिताका बारेमा आयोग प्रतिबद्ध रहेको बताउँदै उनले यस कार्यमा थप सुधार स्तै, समानुपातिक प्रणालीमा अपांगता प्रतिनिधित्वको विषयलाई गंभिरतापूर्वक उठाउन, अपांगताको प्रतिनिधित्वको क्रममा परिचयपत्रको अनिवार्य व्यवस्था गराउन आयोग लागी परेको जानकारी दिए। तमाम सरोकारवाला निकायको साथ र सहकार्यको अपेक्षा गर्दै उनले शिग्र सञ्चालनमा ल्याइने निःशुल्क सम्पर्क नम्बरमा फोन गरेर पनि समावेशिकरणको हकको हनन भए गुनासो दर्ता गर्न सकिने बताउँदै आयोग पिछडिएका समुदायको प्रतिनिधित्वमा सम्वेदनशिल रहेको दोहोर्याए।
कार्यक्रमको दोश्रो सत्रमा अपांगता क्षेत्र तथा पहुँचयोग्यता विषयका विज्ञ मनिश प्रशाइँले अपांगता भएका व्यक्तिहरूको उमेद्वारीको महत्वमा प्रकाश पार्दै अपांगता नभएका प्रतिनिधिहरूबाट अपांगता भएकाहरूको मुद्दा र चुनौतिहरूको समानुभूति र सम्वेदनशिलता नपाइएको स्मरण गराई अपांगता भएका व्यक्ति स्वयम राजनीतिमा अघि बढ्नुपर्ने बताए। सत्रका क्रममा सहभागिहरूले आ-आफ्ना बुझाई र भोगाईका आधारमा राज्य तथा नीतिनिर्माताले संबोधन गर्न नसकेका विषयवस्तुहरूको उठान गरे।

ऐतिहाँसिक रूपमा अपांगता भएका व्यक्तिहरूको नेत्रित्व ‘अरू नै कोही’ ले गरिदिनुपर्छ भन्ने भाष्य निर्माण भएको उल्लेख गर्दै प्रसाइँले अपांगता भएका व्यक्तिहरूले आफ्नो नियमित जिवनका आधारमा मानकहरू बनाएर आफ्ना सहजता र सुविधामा नअटेका सबैलाई अशक्त या असामान्य देख्ने गरेको पृष्ठभूमि बारे चर्चा गरे। यसैका आधारमा राजनैतिक हकमा पनि अपांगता भएका व्यक्ति र त्यसमा पनि थप सिमान्तक्रित वर्ग पछि परेको तर्फ उनले औँलयाए। अपांगता भएका व्यक्तिहरूको अधिकारसंबन्धि महासन्धि को धारा २९ को सार्वजनिक तथा राजनैतिक सहभागितासंबन्धि हकबारे चर्चा गरिएको उक्त सत्रमा चुनावी उमेद्वारी राजनैतिक हकको र राजनैतिक प्रतिनिधित्व अन्य अधिकारको आधार भएको विषयमा पनि सहभागिहरूलाई ज्ञान प्रदान गरिएको थियो।
अन्तिम सत्रमा, अपांगता अधिकारकर्मि तथा अभियानता महेश्वर घिमिरेले नेपाली निर्वाचन प्रणालीको ऐतिहाँसिक पृष्ठभूमि बारे चर्चा गर्दै अपांगता समावेशिकरणका सन्दर्भमा जानकारी प्रदान गरेका थिए। उक्त सत्रमा सहभागीहरूले समानुपातिक प्रणाली अझै पनि नेत्रित्वको आशिर्वाद र चाकडिमा निर्भर रहेको तितो अनुभव राख्दै अपांगता भएका व्यक्तिहरू तथा दलसंबद्ध अपांगता संगठनले दलभित्र दवाव तथा प्रभाव छोड्न सक्नुपर्ने तर्फ औँल्याए। यसका साथै प्रशीक्षक घिमिरेले २०६४ पश्चातको राजनैतिक वृत्तमा समानुपातिक प्रणाली को सुरूवात भएसंगै अपांगता लगायतका पछि परेका क्षेत्रको प्रतिनिधित्वमा वृद्धिको उल्लेख गर्दै अपांगता भएका व्यक्तिहरूका लागि स्थापित संस्था, संगठन, अभियानता एवं अधिकारकर्मीहरूले यसकानिमित्त थप प्रयत्न गर्नुपर्ने र संबन्धीत निकायले पनि अपांगता प्रतिनिधित्वलाई प्राथमिकता साथ सुनिश्चित गर्नुपर्ने उल्लेख गरे।
अपांगता भएका व्यक्तिहरूको चुनावी प्रवर्धनका लागि पैरवी तथा वकालत मार्फत वातावरण निर्माण गर्ने साथै दलहरूबाट समानुपातिक एवं प्रतक्ष प्रणालीमा मनोनयनमा पर्ने एवं निर्वाचनको उमेद्वारीमा इच्छुक व्यक्तिहरूको प्रेरणा, क्षमता तथा नेत्रित्व विकासकका लागि सञ्चालित यस परियोजनाले यस अभिमुखिकरणलाई २५ सहभागिका दरले तीन चरणमा आयोजना गर्नेछ। साथै तालिम तथा वकालत कार्यक्रम पनि सञ्चालन गरिने सिआइएलका अध्यक्ष टेक बहादुर गुरुङले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु