दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २२ गते, बुधबार १९:२२

काठमाडौ ।ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेल १७ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा लोरिसा गौचनको ८ अंक सहयोगमा भ्याली पब्लिकले एचएचसीएलाई २२–७ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र लोरिसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका उप मेयर मुरारी तामाङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, त्रियोगका निर्देशक अजित लामा, केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु