दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २५ गते, शनिबार १९:२६

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए ।
उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वल्र्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको स्पष्ट पारे । विष्टले ३० सेकेण्डमा आफूले अहिलेसम्म ८७ वटा गाँजर काट्न सकेको पनि बताए । “मलाई डेढ वर्षअघि देखिनै वल्र्ड रेकर्ड राख्ने बारे दिमागमा आएको थियो । यसपालि भने मैदानमै उत्रिन खोजेको हुँ । यसको लागि व्यापक तयारी गरिरहेको छु ।” उनले भने,“सबैले गरिराखेको देखेकै छु, के भो त आफूले पनि गरिहाल्यौ न भनेर,नसके भनेपनि प्रयास त हुन्छ नी ।” त्यसबारेमा केही सिनियर व्यक्तित्वहरुसँग पनि परामर्श लिएर अघि बढेको उनले जनाए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ राख्न विष्टलाई हेल्प फर हेप्पीनेस, दारी ग्याङ, फ्रिडमफोरम फुड रेष्टुरेन्टलगायत सहयोगी पार्टनर रहेका छन् ।
नारायण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मण प्रसाद भण्डारी लगायतले बिष्टलाई शुभकामना दिएका थिए ।
क्लबमा आयोजना गरिएको कार्यक्रममा बिष्टले गाँजरसहित फलफुल काटेर समेत देखाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु