
काठमाडौ ।एसएस हस्पिटालिटी सोलुसनका प्रवन्ध निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा नरेन्द्र प्रसाद अधिकारीलाई मातृ शोक परेको छ।
अधिकारीकी ममतामयी आमा पिङगला देवी अधिकारीको शनिबार ७७ वर्षकाे उमेरमा उपचारको क्रममा केएमसी अस्पतालमा दुःखद निधन भएकाे हो । स्व पिङगला देवीको तिन छोरा र एक छोरी रहेका छन् ।
स्वर्गीय अधिकारीको निधनप्रति न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।


