दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैकुण्ठ मानन्धर दौड शनिबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २८ गते, मंगलवार ७:३२

काठमाडौं । शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ ।
दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट २ खेलाडीले नाम दर्ता गराइ सकेको आयोजकले जनाएको छ ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । सोही प्रतियोगिताका दौरान भेट्रान धावकहरुको पनि दौड सञ्चालन गरिने छ ।
संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङले भविष्यमा बैकुण्ठ मानन्धर जस्ता कीर्तिमानी धावक उत्पादन गर्ने उद्देश्यले पहिलो पटक दौडको सुरुआत गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रममा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु