एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • देश निर्माणको सूक्त हाम्रै दरो कर्मले

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ भाद्र ३०, बिहीबार ०७:११

    –शिव अधिकारी

    गाएको गीत बन्छ झंकृत जहाँ मान्छेहरु नाच्तछन
    आफ्नै संस्कृति भाव भंगित कला संस्कारमै बाच्तछन
    के चैँ छैन र छन् सबै सरवरी यो लोक नै पूर्णछ
    कोही छैन गरिव शान्ति शुखले संसार संम्पन्न छ ।। १ ।।

    मान्छेमा छ पीडा अनेक तहमा जे दुःख पाए पनि
    आफ्नै टोल छिमेकमा सहज नै सुल्झन्छ साझा बनि
    बस्छन् मानिस एक साथ जसरी त्यो शक्ति हो सानको
    यै बाटो गरि बन्छ देश दुनिया संसार उत्थानको ।। २ ।।

    त्यागी मानिसले जति जति कुरा शिक्षा दिए ती सबै
    बुझ्नु पर्छ मिलेर बस्न सबले होला नमूना खुबै
    गर्नु पर्दछ काम अल्छि नगरी माटो छ यो उर्वर
    जे चाहे पनि फल्छ उत्तम कुरा खाँचो यहाँ के छर ।। ३ ।।

    माटो उर्वर हुन्छ श्रम शिपको गर्दा लगानी यहाँ
    मान्छेको दुःख मेट्न अन्न फलले भर्दा भकारी महाँ
    कैल्यै हुन्न अकाल देश दुनियाँ हुन्छन् सधै नै शुखी
    साझा श्रोत र साधनाहरु भए को हुन्छ होला दुःखी ।। ४ ।।

    मुर्छाबाट उठेर लक्ष्मण जसै लागे सरी काममा
    आफ्नो मूर्छित सोचलाई उधिनि खन्दै रहुँ खेतमा
    फल्छन धान भकारी भर्न अहिले सक्दा सधै शौखले
    कोही हुन्न गरिव यो भुवनामा हाम्रै दरो कर्मले ।। ५ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु