• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १६:१७

    ३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताउनुभयो ।
    देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै उहाँले नेपालको इतिहास दर्शाउने मुद्राहरुको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ । मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताउनुभयो ।
    संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईसापूर्व पाँचौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ । संग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ । संग्रहालयमा राखिएका मुद्राहरु सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन् । संग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सुचिकृत भएको राष्ट्रिय मुद्रा संग्रहालय प्रमुख प्रतिमा रञ्जितले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मुद्रा संग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहास सम्वन्धी पुस्तक मन्त्री श्रेष्ठले विमोचन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु