आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

अध्यक्ष दिल्ली बहादुर सिंहले स्वदेशी लगानीमा २५५. २८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुन लागेकोमा खुशी व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ३० गते, बिहीबार १८:१४

काठमाडौं । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्ने सम्बन्धमा विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । आयोगले बिहिवार सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिकृया लिनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले स्वदेशी लगानीमा २५५.२८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुहुँदै विद्युत विकासमार्फत देशको आर्थिक विकासमा समेत आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने आशा राखिएको बताउनु भयो । साथै अध्यक्ष सिंहले आयोजना छिट्टै शुरु भई बेलैमा सम्पन्न हुन सकेमा लगानीकर्ताहरुलाई पनि छिट्टै नै प्रतिफल मिल्ने बताउनुहुँदै विद्युत प्राधिकरणबाट आयोगमा प्रस्ताव भई आएको दररेट उपर छलफल गरि आयोगले अन्तिम निर्णय गर्ने प्रयोजनका निम्ती सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिकृया लिन सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

त्यसैगरि आयोगकी सदस्य भागीरथी भट्टले सार्वजनिक सुनुवाई कार्यक्रमको आचार संहिता बारे प्रस्ट पार्नुहुँदै बिषयवस्तु माथि केन्द्रित रहदै मर्यादित र शिष्ट तबरले प्रस्तुतीदिन तथा सहभागी रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा तमोर सानिमा हाईड्रो व्यवस्थापनले आयोजना प्रबर्धककोतर्फबाट आयोजना पूर्ण स्वदेशी लगानीमा रु. ५५ अर्ब लागत मा निर्माण गरिने र १७ प्रतिशत रिटर्न इक्विटीको लक्ष्य राखिएको लगायतका बिषयलाई समेटेर कार्ययोजना प्रस्तुत गरेको थियो ।

सो अवसरमा नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले प्राधिकरणले दररेट प्रस्ताव गरि निर्धारणका निम्ती आयोग समक्ष पेश गरेको उल्लेख गर्नुहुँदै रन अफ रिभरको र पिकिङको दर रेट पनि फरक रहने जानकारी दिनुभयो । उहाँले हालसम्म ३५७ आयोजनाबाट खरिद बिक्री संझौता भैसकेको उल्लेख गर्नुहुँदै प्रतियुनिट खरिद रेट रु ४. ४० पैसा र ८. ४० रहेको अदी बारे प्रकाश पार्नुभएको थियो । साथै, घिसिङले रिटर्न अफ ईक्विटी भन्दा बढि आएमा रेट घटने जनाउनु हुँदै २०८५, ८६ मा आयोजना सम्पन्न हुने अनुमान गर्न सकिने उल्लेख गर्नुभयो ।

सुनुवाईका क्रममा सरोकारवालाहरुले विभिन्न समस्याका कारण लागत बढन जाने हुँदा बजारको ईन्फ्लेसन रेट बढेमा सोही अनुरुप लागत मुल्य निर्धारण गरि प्रतियुनिट रेट निर्धारण गर्दा उपर्युक्त हुने हुँदा सो अनुरुप प्रावधान व्यवस्था गर्नुपर्ने, २५ बर्ष पछिका लागि रिटर्न कम हुने हो कि भन्ने बिषयमा विचार पुर्‍याउनु पर्ने, आयोजनामा सबै किसिमका सेयर लकिङ अवधि ३ बर्ष गर्ने प्रावधान पुनर्विचार गर्नुपर्ने, उपभोक्तालाई फाईदा के हुने, श्रमिकका समस्यालाई कसरी समाधान गर्न पिपिए गरेर पनि काम नगर्ने प्रब्रित्ती रहेकोले चाडै शुरु गरेर चाडैनै सम्पन्न गर्ने आधार राय पेश गर्नुभयो ।

त्यसैगरि, सरोकारवालाहरुले उठाएको सवाल उपर प्रतिक्रिया दिने क्रममा विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारीले १०० मेघावट भन्दा बढिको आयोजनाको १७ प्रतिशत रिटर्न अन इक्विटी राखिएको, बर्षा याममा आत्मनिर्भर भैसके पनि हिउदमा भने विद्युत अभाव हुने गरेकाले हिउदमा पनि उपयोगी हुने आयोजनालाई प्राथमिकता दिनुपर्ने र स्टोरेज प्रणालीलाई प्रबर्धन गर्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा तमोर सानिमा हाईड्रो व्यवस्थापनका अध्यक्षले आयोजना नमुना मोडलको रुपमा रहने बताउनुहुँदै आयोजना पारदर्शी ढङ्गले गर्ने, श्रमिकको सम्मान, लगानी जुटाउन श्रमिकको श्रमलाई इक्विटीमा लैजाने, स्थानियको लगानी २८६ जना व्यक्ती र ४ वटा स्थानिय कम्पनी रहेको, स्थानिय पुजीलाई परिचालन, थप पुँजी जुटाउन विभिन्न बैंकमा प्रस्ताव लगिएको मंसिरबाट बंकरको काम शुरु हुने, भैपरिआईपर्ने समस्या समाधान गर्न योजनाबद्ध रुप अघि बढन पुर्व तयारी रहेको आदी प्रतिक्रिया दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु