तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आफ्नो जन्मदिनको अवसरमा पत्रकार कार्कीले गरे रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ३१ गते, शुक्रबार १९:०५

काठमाडौ । नेपाल पत्रकार माहासंघ काठमाडौ शाखाका सदस्य तथा उपत्यका प्रदेश पार्षद सदस्य मोहन कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको महिला बिभागले डेगुको रोगीहरु बढेर सेतो रगतको कमी भइरहेको बिषयलाई मध्यनजर गरेर रक्तदानको आयोजना गरेको थियो सोही अवसरमा आफ्नो जन्मदिन पनि पर्ने भएको हुनाले कार्यक्रम पूर्व निर्धारित समयमा नै रक्तदान गर्न आउने जनआकाश साप्ताहिकका प्रधान सम्पादक तथा जनआकाश मिडियाका अध्यक्षले बताएको महिला बिभागकी संयोजक तथा काठमाडौ शाखाकी उपाध्यक्ष अप्सरा गौतमले बताएकी छन् । उक्त खुल्ला रक्तदान कार्यक्रममा सहभागी ८० जनाको भएको भएपनि विविध कारणले रक्तदान गर्न नमिलेका कारण १९ जनाले मात्र रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिहरु शान्तराम बिडारी, ज्ञानेन्द्र पौडेल, काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी लगायत पदाधिकारीहरु उपस्थितिामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको कार्यक्रम संयोजक अप्सरा गौतमले जानकारी दिएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु