• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    आउने निर्वाचनमा युवालाई निर्वाचित गर्न युवा सवालको अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १९:०८

    काठमाडौं, १ असोज । ‘सशक्त राष्ट्र निर्माणका लागि युवा सहभागिता’ मूल नारा बोकेर सक्रिय रहेको संस्था युवा सवालले आगामी निर्वाचनमा युवाहरु निर्वाचित हुनुपर्ने भन्दै त्यसको लागि अभियान चलाएको छ । युवा सवालले देश बनाउनको लागि युवा मतदाताले विचार गर्नुपर्नेमा जोड दिएको छ । मतदाताले सही र गलत उम्मेदवारको पहिचान गरेरमात्रै मतदान गर्नुपर्ने पनि अभियानको आग्रह छ ।
    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा सवाल संस्थाले यस्तो जानकारी गराएको हो । अभियानका संयोजक श्यामबहादुर बस्नेतले अहिले राजनीतिप्रति युवाहरुमा वितृष्णा जागेको भन्दै नेतृत्वमा युवा नै आउनुपर्ने बताए । उनले देशका युवाहरु विदेशिनु नै नेपालको नोक्शान भएको टिप्पणी गरे । उनले आफूहरुले युथलाई प्रोत्साहन गर्न नै अभियान चलाएको स्मरण गराए ।
    संयोजक बस्नेतद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘शशक्त राष्ट्र निर्माणको लागि युवा सहभागिता अभियान एक विशुद्ध स्वतन्त्र अभियान हो । नेपालमा आउदै गरेको निर्वाचनमा मतदातालाई सचेत बनाउन गरिएको यस अभियानमा नेपालका लागि सबै जिल्लाका सबै नागरिकहरु सहभागी भइ उचित उम्मेदवार छनौट गर्न यस अभियानले प्रभावकारी भुमिका खेल्छ भन्ने यसको लक्ष्य रहेको छ । संसद्मा ७० प्रतिशत ६० वर्ष मुनिका युवा विजयी भएर पुग्नुपर्छ र देशको नीति निर्माणमा लाग्नुपर्छ भन्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रममा आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा युवा मतदाहरुले आफ्नो अभिभावकलाई समेत सचेत गराउन राजनैतिक होस या स्वतन्त्र उम्मेदवार छनौट गर्न यस स्वतन्त्र अभियानलाइृ सञ्चालन गराइ उम्मेदवारहरुलाई प्रश्न गर्ने सक्केनछन् । उम्मेदवारको विगत वर्तमान र भावी योजनालाई हेर्दै उम्मेदवारको योजना पूरा गर्नसक्ने नसक्ने आँकलन गरी देशको नीति निर्माण गरेर नेपाललाई समृद्ध बनाउन सक्ने आधार हेरी कुन उम्मेदवार सही छ भनी आफ्नो अभिभावकलाई समेत सचेत गराउनेछन रसंसद्मा सही मान्छे मात्र विजयी हुनेछन् भन्ने आशा गरिएको छ।’
    हाल उक्त कार्यक्रम देशका विभिन्न कलेजहरुमा विद्यार्थीहरुमाँझ तथा सामाजिक सञ्जालबाट जुम मिटिङ मार्फत गर्दै आएको युवा सवालले जनाएको छ । उक्त अभियान सञ्चालनको नाममा कुनैपनि चन्दा संकलन जस्ता क्रियाकलापहरु सञ्चालन गर्न नपाईने पनि संस्थाले स्पष्ट पारेको छ । सहयोग गर्न कोही ईच्छुक भएमा नेपालमा रु १० देखि १०० हजारसम्म विदेशबाट ५ डलरदेखि ५० डलरसम्म मात्र आर्थिक सहयोग स्विकार गर्न सकिने संस्थाको भनाई छ ।
    कार्यक्रममा जनक खड्काले यो अभियानलाई स्वतन्त्र अभियानको संज्ञा दिए । उनले आगामी निर्वाचनमा उचित उम्मेदवार निर्वाचित होउन भनेर आफूहरुले अभियान चलाएका सुनाए । उनले राजनीतिप्रति युवाहरुको वितृष्णा जागिरहेको पनि बताए । युवाहरुमा राजनीतिप्रति वितृष्णा नजागोस र युवाहरु नै नेतृत्वमा पुग्नुपर्ने भनेर आफूहरुले यो अभियान चलाएको खड्काको भनाई छ ।
    उनले नो भोट क्याम्पेनिङ सिमित व्यक्तिहरुलाई मात्रै गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले पार्टीविशेष उम्मेदवारको वकालत वा स्वतन्त्र उम्मेदवारको वकालत भन्दापनि सही र योग्य उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएको सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु