तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा ‘भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार १९:१३

१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्नुभएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ‘भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल’ को शनिवार काठमाडौं-१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गर्नुभएको हो ।
साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ ।
कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्‍ता कार्यक्रम संचालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने मन्त्री श्रेष्ठले बताउनुभयो । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु