• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १९:३७

    काठमाडौं, १ असोज । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ ।
    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सामाजिक अभियन्ता पुण्य गौतमलगायतले उक्त एपको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपालीले उत्पादन गरेको एप सबैले प्रयोग गर्ने विश्वास दिलाए । उनले भने,‘हामी आत्मनिर्भरतातर्फ जानुपर्छ । राज्य हाम्रो बारेमा सोचिरहेको छैन् । जब जब पैसा बाहिर जान्छ, तब तब राज्य कमजोर हुन्छ ।’ उनले विश्वास नगरी कुनै पनि कुरा नहुने भन्दै यो एप प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
    यस्तै, कम्पनीका सिईओ प्रभुविश्वेन्द्र अधिकारीले अहिले पूरा विश्व डिजिटल युगमा रहेको उल्लेख गर्दै यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास दिलाए । उनले भने,‘प्रविधिको युगमा यो एप सान्दर्भिक छ । नेपाली लगानी हो । नेपाली प्राविधिकले बनाएको हो । हामीले सेवामा गुणस्तरीयता ल्याउने हो । यो एपको आज उद्घाटन भएको छ । हामी खुशी छौं ।’
    यस्तै, प्रा.लि.का अध्यक्ष जि.आर क्षेत्रीले आफूले धेरै छलफल र सल्लाह गरेर यो एप बनाएको बनाउँदै सबै प्रकारका सवारी साधानको सुविधा प्रदान गरिने जनाए । उनले आफूहरुले एपको मोटो नै ‘हरदम हरपल, २४सै घण्टा हामी तपाईको सेवा’ मा राखिएको सुनाए ।
    यस्तै, क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरौं भन्नेतर्फ जोड दिएका छन् । उनले भने,‘हामी आँफै उत्पादन गरौं, आँफै उपयोग गरौं । अब नेपालीले विदेशीको मुख ताक्ने दिन गए । नेपाललाई आत्मनिर्भर बनाउने भन्नेतर्फ अघि बढेको देख्दा खुशी लागेको छ ।’
    सो क्रममा धमलाले जनता ठूला ठूला समस्यामा परेको भन्दै बाग्मती प्रदेश सरकारले मल उत्पादन गर्नुपर्ने सुझाव दिए । युवाहरुले नै देशलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै धमलाले सोहीअनुसार हस्तक्षेपकारी भूमिकामा देखिन सुझाव दिए ।
    उनले भने,‘घरघरमा पुर्याउदेउ एप पुग्नुपर्छ ।’ धमलाले आफूले भ्रष्टाचारीलाई चुनाव हराउने एजेण्डा बोकेको सुनाए । उनले भने,‘मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ । यो आजको आवश्यकत्ता हो ।’
    यस्तै, सामाजिक अभियन्ता पुण्य गौतमले पनि आज उद्घाटन गरिएको एपले नेपालीको मन जित्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सक्षम र बलियो बनाउने हो, स्वदेशी मालतालको प्रयोग गर्नुपर्छ । विदेशी एपको प्रयोग नगरौं ।म अब पुर्यादेउ भन्ने एप प्रयोग गर्छु । एप सबैको पहुँचमा हुनुपर्छ । यो एप एक मुखे रुद्राक्षजस्तो पनि नहोस । यो स्यालको सिंह खोजेजस्तो धुँईपताल खोज्दा पनि नभेटिनेजस्तो नहोस ।सबैले सजिलै पहुँच पाउन् ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु