
काठमाडौं – रोटरी क्लब अफ कपनको इन्स्टलेसन एवं क्लब एस्मल्ली नव दुर्गा पार्टी प्यालेस, सुकेधारमा सम्पन्न भयो ।
कार्यक्रम क्लबकी अध्यक्ष कृणादेवी मुनिकार( किसु) को अध्यक्षता एवं एजि दिपक कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डब हमाल, क्लबका जि.एस.आर एवं भादगाउँ क्लबका चार्टर प्रेसिडेन्ट मनोज कुमार कडेल, पशुपति काठमाडौं कल्बका इलेक्ट प्रेसिडेन्ट सुर्य वहादुर अधिकारी, अर्घाखाँची क्लबका गोबिन्द राज पौडेल एवं क्लबका पूर्व अध्यक्षहरु मनोज कुमार घिमिरे, शिवहरि खनालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई शब्दद्वारा स्वागत कलबकी एलेक्ट प्रेसिडेन्ट शुचिता काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा अनुशासनको भुमिकामा क्लबकी सर्जन एट आर्मस नियुक्ति कानजि शेर्पा रहनु भएको घियो भने आइटिको भुमिकामा मिलन रोक्का रहनु भएको थियो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष डा. तेज बहादुर रोक्काले वर्तमान अध्यक्ष कृष्णादेवि ( किसु) मुनिकारलाई आफ्नो पद हस्तान्तरण गर्नु भयो भने क्लबका एजि श्रेष्ठले अध्यक्षलाई र अध्यक्षले बोर्डका अरु सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भयो । अध्यक्ष मुनिकारले निवर्तमान अध्यक्ष रोक्कालाई मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसै गरि विभिन्न समितिका संयोजकहरुले आ-आफ्नो वार्षिक कार्य तालिका अनुसार योजना प्रस्तुत गरेका थिए ।
क्लबले प्रत्येक वर्ष विविध विधा जस्तै एसईई, प्लस टु, ब्याच्लरमा उत्कृष्टता हाँसिल गर्ने बालबालिका, एवं अन्य विभिन्न क्षेत्रमा उत्कृष्टता हाँसिल गर्ने क्लबका सदस्य एवं परिवारका सदस्यलाई सम्मान गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको थियो । कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई क्ल्बले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कल्बका जि.एस.आर मनोज कुमार कँडेलले नेपालका राष्ट्रपति र अन्तर्राष्ट्रिय प्रेसिडेन्टको सु-स्वास्थको कामना गर्दै टोस्ट प्रस्ताव पास गर्नुभएको थियो। कार्यक्रम संचालन क्लबका सचीव प्रल्हाद दाहालले गर्नु भएको थियो भने अन्त्यमा अध्यक्ष मुनिकारले आफ्नो भनाइ राख्दै कार्यक्रम समापन भएको जानकारी गराउनु भयो ।


