आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

संविधान सूक्त उत्पादन गरौँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार ०६:४९

–शिव अधिकारी

संविधान पनि आयो मिठो स्वाद चखाउन
भन्छन मानिस यो साच्चै आएको परिवर्तन
किन लेख्नु परेको यो संविधान भनि कन
सोध्दछन् कोही कुर्लेर साच्चै आफू ठुलो हुन ।। १ ।।

लगानी धेर भो खेती संविधान फलाउन
बर्षौ मानिस लागेका श्रम शिप जुटाउन
कैँयौँ बर्ष भयो यस्तो संविधान बनोस् भनि
ज्यानसम्म दिए हाम्रा राष्ट्र सपूतले पनि ।। २ ।।

संविधान किताबैको आकार हात हातमा
आएको छ नयाँ रुप नयाँ खोज तलासमा
मात्रै किताव भो आज बाँजै भो खेत बारी नै
उपाय खेती पातीको शब्दै छैन यहाँ कुनै ।। ३ ।।

भन्छन् हामी म कांग्रेश कम्युनिष्टहरु छौँ कति
झगडा मात्रमा खेर नफालौँ समय जति
खोजौ जडी बुटि जम्मै उत्पादन गरौ भनि
खेती गरेर यो देश बनोस् भन्दैन क्वै पनि ।। ४ ।।

खेतीकै सारमा खोलौ उद्योग ठाउँ ठाउँमा
रोजगारी दिनु पर्छ युवा छन् गाउँ गाउँमा
विदेश मात्र खेदेर देश रित्तो हुदै गयो
उत्पादन गरौँ हामी शुभकामना यै भयो ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु