आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेपाली राजदुतावास मलेसियाद्वारा मलेसियन मन्त्रीको उपस्थितीमा संविधान दिवस भव्यताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार २०:००

क्वालालम्पुर।नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले क्वालालम्पुरस्थित होटेल जे डब्लु म्यारिओटमा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । मलेसियाका मानवसंशाधन उपमन्त्री दातुक अवांग विन हशिमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ले आफ्नो मन्तव्यमा सम्माननीय राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो भने कार्यवाहक राजदूत मोति बहादुर श्रीषले पारस्परिक रूपमा मलेसियाका राजाको सुस्वास्थ्य, मलेसिया सरकार र मलेसियाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो।
उक्त कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले संविधान दिवसको महत्त्वबारे प्रकाश पार्दै हाम्रो संविधानले नेपालको विविधतालाई सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सङ्कल्प लिएको व्यहोरा व्यक्त गर्नुभयो ।
नेपालमा लगानीमैत्री उपयुक्त वातावरण रहेको तथा लगानीकर्ताहरुलाई राजदूतावासले सहयोग र समन्वय गर्ने समेत हुँदा मलेसियाली तथा अन्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै कार्यवाहक राजदूत श्रीषले सांस्कृतिक, धार्मिक लगायत अन्य हिसाबले नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले मलेसियाली नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो समेत गर्नुभयो । दुई देशका जनताबीचको सहकार्य र मित्रताका आधारमा स्थापित नेपाल र मलेसियाको सम्बन्धमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय लगायत अन्य बहुआयामिक क्षेत्रहरुमा सहकार्य बढाउनुपर्ने आवश्यकता समेत दर्शाउनुभयो । यसका साथै विभिन्न पेशा व्यवसाय तथा रोजगारको सिलसिलामा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया लगायतका मुलुकमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको लागि उनले शुभकामना व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदूत लगायत अन्य कूटनीतिज्ञहरु, पत्रकार, उद्योगपति, व्यापारी लगायत मलेसियाको नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ मलेसिया एवं मलेसियामा रहेका नेपाली समुदायका सदस्यहरु, व्यावसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र मलेशियामा रहेका प्रवुद्ध नेपाली व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालको संविधान तथा नेपालको कलासंस्कृति, कलात्मक धरोहर लगायत नेपाल चिनाउने विशेष श्रव्यदृश्य सामग्रीको समेत प्रस्तुति गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु