दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काभ्रेको सांगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार २०:१२

काठमाडौं, ४ असोज । छिमेकी देश भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ । काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बताईन् ।
आज (मंगलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर काभ्रेस्थित दिपेन्द्र प्रहरी स्कुलनजिकै धाम स्थापनार्थ निर्माण कार्य सुरू भइसकेको जानकारी दिइएको हो ।
अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्ने उद्देश्यले आफू नेपाल आएको विश्वकै पहिलो भागवत कथावाचक महामण्डलेश्वर हिमांगी सरबीले सुनाईन् । उनले आफू भगवान विष्णुको पहिलो भागवत कथावाचक भएको समेत दाबी गरिन् । उनले भनिन्,“सबै मानिसलाई आशिर्बाद दिन आएकी हुँ । नेपाल र भारत एउटै हुन् । यी दुई राष्ट्र प्रेमका भूमि हुन् ।’
उनले नेपालमा अर्ध नारेश्वरधामको जल स्थापना गर्ने घोषणा गर्दै आफु किन्नर निर्मोही अखडा महामण्डलेश्वर भएकोसमेत जानकारी दिइन् । र, नेपालमा पनि किन्नर निर्मोही अखडाको शाखा विस्तार गर्न लागेको उनको भनाई थियो । उनले अब चाँडै नै काठमाडौंमा भागवत र सत्संग गर्ने पनि आफ्नो योजना रहेको सुनाइन् । एक कथावाचकले भागवत सत्संग गर्दा त्यसको सकारात्मक सन्देश पुरै विश्वमा जाने उनको भनाइ थियो । स–साना बालबालिकाहरुलाई सनातन संस्कृति र शास्त्रको ज्ञान हुन आवश्यकता रहेको उनले बताइन् ।
त्यस्तै, उक्त धामकी नेपाल उपप्रमुख गीता तिमल्सिनाले काभ्रेमा धार्मिक धाम बनाउन खोजेको भन्दै उक्त योजनामा राजनीति र धर्म नमिसिने स्पष्ट पारिन् । अहिले धार्मिक धाम बनाउन लागेको सुनाउँदै पछि विद्यालय बनाउने र त्यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने बताईन् । धाम, विद्यालयजस्ता पवित्र निर्माण कार्यमा जो कोही पनि जोडिने सक्ने उनले सुनाइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु