• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    फोनपे मार्फत कारोबार गर्दा हरेक दिन ग्राहकले एक लाख र मर्चेन्टले सामसुङ्गको मोबाईल जित्न सकिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार २०:१९

    काठमाडौ ।नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ । यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुनेछन् ।
    यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् । यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिक सम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा तीश प्रतिशत अर्थात् रु तीनसय सम्म छुट पाइनेछ । यसैगरि सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् रु सय सम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाइनेछ ।
    यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म,कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ ।

    आइएमइ पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् रु सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।
    फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु