आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

उज्ज्वल तारा दौड’का विजेतालाई पोखराको होटलमा खाने बस्नेपुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ५ गते, बुधबार १९:३०

काठमाण्डौ, ५ असोज । उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीहरुलाई यसपालि नगदको साथै पोखराको पाँच तारे होटेलमा खानेबस्ने सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ ।
हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ । ७ वटा विधा रहेको यो वर्षको दौड यही असोज ८ गते शनिबार विहान सञ्चालन हुँदैछ ।
‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी (कर्णेल)विष्णु कार्कीका अनुसार १८ वर्ष उमेरमाथि समूहको महिला र पुरुष खुल्ला विधातर्फका विजयीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदको साथै ट्रफि, पदक र प्रमाणपत्र पुरस्कार दिइनेछ ।
यसैगरि अभिभावक विधातर्फको दौडका विजयी महिला तथा पुरुषलाई पोखराको क्राउन हिमालय होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ भने श्रीमान र श्रीमती विधातर्फ दौडमा विजयी हुनेलाई पोखराको पाँचतारे ग्राण्डी होटलमा एकरात खानेबस्नेको साथै दुवैजनालाई आउन जाने दुईतर्फि हवाई टिकटको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।
यसैगरि ५५ वर्षमाथिको उमेर समूहका विजयी पुरुष धावक (२जना) लाई पोखराकै ग्राण्डी होटेलमा एकरात बस्नेखाने व्यवस्था तथा विजयी महिला धावक (२ जना) लाई पोखराकै सहारा होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ ।
दौडको तयारीबारे बुधबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा दौडका संयोजक कार्कीले दौडमा सहभागी, सुरक्षा र दौडका सहभागीहरुलाई उपलव्ध गराइने सामग्रीका बारेमा जानकारी गराएका थिए ।
दौडमा सहभागी हुने सबै प्रतियोगिहरुले सहभागिता वापतको जनही तीनसय रुपैयाँ उज्जवल तारा स्कुलको खातामा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएकोसंयोजक कार्कीले जानकारी गराए । उनका अनुसार दौडमा सहभागी हुन हालसम्म २०० जनाले आफ्नो नाम लेखाईसकेका छन् ।
सहभागिता शुल्क वापत उठेको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।
विद्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रहरी प्रभाग काँडाघारीका प्रहरी अधिकारी, दौडका प्रायोजकहरु, ट्राफिक प्रहरीका साथै दौडमा खटिने स्वयम्सेवकहरुको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु