दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिल्म सोसाईटी अमेरिकाद्वारा कलाकार महादेव त्रिपाठीको बिरामी बुहारीलाइ ५ लाख आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ७ गते, शुक्रबार १६:१७

काठमाडौं : हास्य कलाकार महादेव त्रिपाठीको छोरा सनम राजको श्रीमती केहि समय अघि मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा छिन। ठुलो दुर्घटनामा परेकी उनीलाई उपचार गर्न धेरै रकम समेत आबश्यकता परेको र पिडित परिवार अतिनै दयनिय अबस्थामा रहेको र हास्य कलाकार महादेव त्रिपाठीले आर्थिक कठिनाइ भोगिरहेको हुँदा नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले अध्यक्ष नबराज श्रेष्ठको संयोजकत्वमा गो फन्ड संचालन गरि नेपाली रुपयाँ जम्मा पांच लाख पांच हजार(५०,५०००/-) संकलन गरि कलाकार महादेव त्रिपाठीलाइ हस्तान्तरण गरिएको छ।

नेपाल फिल्म सोसाईटीका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ अभिनेता कृष्ण मल्ल, बरिष्ट निर्देशक उज्जवल घिमिरे, नेपाल फिल्म सोसाईटी महासचिब राजेश बिशुराल र नेपाल फिल्म सोसाईटीको सदस्य दुर्गा बिसुरालले फिल्म सोसाइटिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि हास्य कलाकार महादेब त्रिपाठीलाइ उक्त रकम हस्तान्तरण गरिएको हो।

उक्त गोफण्ड अभियानमा सुनिल पाठक अल स्टेट इन्स्योरेन्स कम्पनि, डिक्की शेर्पा, शेर्पा हाउस गोल्डेन र कृष्ण सुनारले सबै भन्दा बेसी सहयोग गरेका थिए भने सम्पूर्ण अन्य सहयोगी दाताहरु सहित सम्पूर्णलाइ समेत नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठले धन्यवाद प्रकट गरेका छन्।

नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले भुकम्प, कोभिड, बाडीपिडित देखि कलाकार, अनाथ दुखिलाइ सदैब सेवा सहयोग गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु