एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन ७, शुक्रबार १९:२८

    ७ असोज, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद भवनको समेत अवलोकन गर्नुभयो । परिषदको भवनमा जोशीले संकलन गर्नुभएका मुद्रा, टिकट, किताब लगायत सामग्री राखिएको छ । साथै उहाँले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
    पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको थियो । वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी उमेरले १ सय ३ बर्ष पुगिसक्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु