दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डिबी रानापालले पाए मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ८ गते, शनिबार १७:३९

काठमाडौं: नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिबी रानापालले युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाएका छन्। नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा भएको आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार तथा हिमालयन हल अफ फेम अवार्ड कार्यक्रममा अन्तराष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्यान्डका स्टानिस्ल म्याजर्याक र अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्टस् सोसाइटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले डा.डिबी रानापाललाई युनिभर्सिटिको पिएचडि मार्सल आर्टको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

महिलाहरूलाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण कसरी गर्ने, आकस्मिक हमला, सामूहिक झगडा, बलात्कार त्यसैगरी समाजमा हुने विभिन्न हिंसालाई कसरी न्यूनीकरण गर्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उनले पुर्याएको योगदान तथा मार्सल सेल्फ डिफेन्समा आफ्नो कला कौसल र क्षमताको उच्च प्रदर्सन गर्दै बिषय विज्ञता हासिल गरेको कारण युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेजले डा.डिबी रानापाललाई पिएचडि डाक्टरको प्रमाणपत्र प्रदान गरेको हो। उनि नेपालको नै पहिलो मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि पाउने व्यक्ति बनेका छन् ।

सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। नेपालको सातै प्रदेसमा शाखा खोलि मुलुकभर आत्मरक्षा सम्बन्धी तालिम संचालन गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय स्तरमा ख्याति समेत कमाएको छ। पछिल्लो समय नेपाली समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधबाट महिला तथा किशोरीहरू प्रभावित भएकाले उनीहरूको पक्षमा संघले काम गर्दै आएको छ। डिबी रानापाल नेपाल सेल्फ डिफेन्स संघका संस्थापक अध्यक्ष हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु