नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ८ गते, शनिबार १९:५८

काठमाडौ ।नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकारातम्क भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने बताए । हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहाके भनाई थियो ।

संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो । कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको बताए । त्यस्तै, देशको समृद्धि र शिक्षा,स्वासथ्य र रोजगारकिा लागि कांग्रेस बलियो बनाउनुपर्ने उनको भनाई थियो । जनताले परिवर्तन खोजेको भन्दै अब शिक्षा,स्वास्थ्यजस्ता नागरिकको दैनिक जिवनलाई सहज बनाउने विषयमा परिवर्तन ल्याउनुपर्ने सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु