एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • अपांगता समावेशी घोषणापत्र निर्माणका लागि नेपाली कांग्रेसद्वारा सुझाव संकलन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन १०, सोमबार ०४:२७

    काठमाडौ ।अपांगता भएका व्यक्तिहरूका मुद्दा तथा आवश्यकताहरूलाई आसन्न निर्वाचनको घोषणापत्रमा समावेश गर्ने उद्देश्य अन्तर्गत एक सुझाव संकलन कार्यक्रम नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारको उपस्थितिमा शनिबार आयोजना गरियो। अपांगता भएका व्यक्तिहरूका लागि स्वावलंबन जिवनपद्धति केन्द्र, काठमाण्डौंको समन्वयमा बाघबजारमा आयोजित उक्त परामर्षदायी अन्तरक्रियामा विविध प्रकारका अपांगता भएका व्यक्ति, अधिकारकर्मि तथा अपांगता भएकाहरूका प्राथमिक हेरचाहकर्ताहरूले नेपाली कांग्रेसले आगामि निर्वाचनपश्चात अवलंबन गर्नुपर्ने नीति तथा योजनाका लागि सुझाव प्रदान गर्दै त्यी विषयलाई घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका थिए।
    कार्यक्रममा अटिजम क्यर नेपालकी प्रमुख डाक्टर सुनिता अमात्य ले अपांगताको समयमै पहिचान तथा हस्तक्षपका लागि योजना ल्याउने प्रतिवद्धता कांग्रेसले आफ्नो घोषणापत्रमा अनिवार्य समेट्नुपर्ने बताइन्। उनले भनिन् “समयमै डाइग्नोस गर्न सके अपांगताका कारण उत्पन्न हुन सक्ने थप जटिलताबाट व्यक्तिहरूलाई बचाउन सकिन्छ, र अपांगतालाई थप गंभिर हुनबाट जोगाउन संभव हुन्छ।“ यस्तै उनले पूर्णअशक्त अपांगता भएकाहरूका प्राथमिक हेरचाहकर्ताहरूको योगदानको मूल्यांकन र अभिभावकका लागि पनि केही कार्यक्रमको उल्लेख घोषणापत्रमा अट्नुपर्ने माग गरिन्। राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष तथा लोकतान्त्रिक अपांग संघका सक्रिय सदस्य दीपक कोइरालाले घोषणापत्रमा उल्लेख गर्नु मात्र ठूलो विषय नभई त्यसको प्रभावकारी कार्यन्वयन मुख्य चुनौति भएको बताए। उनले कार्यन्वयनको नियमित कठोर समिक्षा चुनावपश्चात हुनुपर्ने राय गर्दै खेलकूदको विषयमा राज्य अपांगता भएकाहरूप्रति उदासिन भएको र अन्य सरह अपांगता खेलकूदप्रति बेवास्था गर्ने प्रवृत्ति रहेकाले यसतर्फ घोषणापत्र स्पष्ट हुनुपर्ने माग राखे।
    यस्तै समानुपातिक प्रतिनिधित्वका लागि सिफारिसमा परेकी सहभागी सुनिता थापाले बहिरा व्यक्तिहरूको चुनौति स्मरण गराउँदै सरकारी तथा अन्य संस्थामा सांकेतिक भाषासहितको सञ्चार प्रणाली विकास गर्न कांग्रेसले मुखरित रूपमा बोल्नुपर्ने माग गरिन्। अपांग महासंघ सुदूरपश्चिमका प्रमुख मानबहादुर साउदले घोषणापत्र ब्रेल लगायतका पहुँचयुक्त ढाँचामा पनि प्रकाशित गरिनुपर्ने भन्दै अपांगता समावेशी राजनीति तथा पहुँचयुक्त भौतिक संरचना तथा सामाजिक प्रणाली विकासमा कांग्रेस बोल्नुपर्ने जिकिर गरे। अपांगता भएका महिलाहरूका स्वास्थ्य, रोजगारीका चुनौति स्मरण गराउँदै राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले अपांगता भएका महिलाका आधारभूत आवश्यकतामा भोग्नुपरेको चुनौतितर्फ ध्यानाकर्षण गरिन्। उनले महिला प्रतिनिधित्वमा पनि स्वयम अपांगता भएका पुरूषहरू नै कम इच्छुक रहेको तितो पोख्दै अपांगताभित्रबाट र समग्र महिलाभित्रबाट पनि अपांगता भएका महिलाहरूको प्रतिनिधित्व तथा राजनितिक अधिकारको सुनिश्चितता कांग्रेसले घोषणापत्रमार्फत गर्नुपर्ने राय राखिन्। त्यस्तै हिन्साप्रभावित अपांगता भएका महिलाहरूको द्रूत न्यायमा पहुँच तथा तत्काल फैसला दिने प्रणालिका लागि नेपाली कांग्रेसले पहल गर्नुपर्ने धारणा अभियानता अनिता घिमिरेको थियो।
    शीक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत विषय देखि पहुँच र प्रतिनिधित्व लगायतका मुद्दामा केन्द्रित छलफलमा राष्ट्रिय सभा सदस्य समेत रहेका अपांगता भएका व्यक्ति प्रकाश पन्त, सहमहामन्त्रि जिवन परियार तथा अपांगता क्षेत्रप्रति उदार मानिँदै आएकी कमला पन्त लगायतको संबोधन समेटिएको थियो। कार्यक्रममा सिआइएल काठमाण्डौंले अपांगता भएकाहरूको चुनावी प्रतिनिधित्व तथा पहुँचका बारे निर्माण गरेको अवस्थिति पत्र समेत सहमहामन्त्री परियारलाई संस्थाका अध्यक्ष टेक बहादुर गुरुङ्ग द्वारा हस्तान्तरण गरिएको थियो। सबैको सुझावप्रति कृतज्ञता व्यक्त गर्दै घोषणापत्र समितिका सदस्य समेत रहेका सहमहामन्त्री परियारले अपांगताको मूलप्रवाहिकरणका लागि कांग्रेस लागि परिरहने प्रतिबद्धता व्यक्त गर्दै अपांगता समावेशि तथा पहुँचयुक्त प्रणाली तथा राज्य निर्माणमा नेपाली कांग्रेसले बल दिने र यसका लागि प्राप्त सुझावहरूलाई गंभिरताका साथ प्राथमिकता दिँदै घोषणापत्रलाई यथासंभव सबैले अपनत्व ग्रहण गर्ने खालको बनाउने बाचा दोहोर्याए।
    नेपाली कांग्रेसले गत स्थानिय चुनावदेखि अपांगता भएका व्यक्तिहरू लगायतबाट प्रतक्ष सुझाव तथा पृष्ठपोषण संकलन गर्न थालेको हो। यसले सवाल भएकैहरूबाट सिधै सुझाव आउने हुँदा घोषणापत्र तथा भावी कार्यक्रमलाई थप समावेशी बनाउने विश्वास सहभागीहरूको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु