
शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्धती केन्द्र काठमाडौंले CFLI/FCIL को सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सम्बन्धी ३ दिने अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
७ वटै प्रदेशका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु कसरी सबै राजनीतिकदलका घोषणापत्रमा समावेश गर्ने, निर्वाचन केन्द्रहरु अपाङ्गता मैत्री बनाइनु पर्ने, निर्वाचन आयोगले प्रकाशन तथा प्रशारण गर्ने निर्वाचन सामाग्रीहरु अपाङ्गतामैत्री बनाइनु पर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।
यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासकिय प्रमुख मनिष प्रसाँइले अपाङ्गता भएका व्यक्तिहरुको उमेद्वारी किन भन्ने विषयमा प्रस्तुतीकरण गर्दै प्रत्येक राजनीतिकदलहरुले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको नकारात्क सोचलाई तोड्नु पर्ने, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्नु पर्ने कुरामा जोड दिदै नेपालको संविधान २०७२ र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिमा गरिएका व्यवस्थाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसै गरी निर्वाचन आयोग नेपालका उपसचिव कमल भट्टराइले अपाङ्गता समावेशी एवं पहुँचयोग्य निर्वाचन विषयमा प्रस्तुतीकरण गर्नु भयो । उहाँले निर्वाचन आयोगले नेपालमा राजनीतिकदलहरुको दर्ता प्रक्रिया, निर्वाचन आयवगले गर्ने काम, निर्वाचन सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएको व्यवस्थाहरुको विषयमा प्रष्ट पार्नु भएको थियो ।
यर ३ दिने अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपलका निवर्तमा अध्यक्ष सुदर्शन सुवेदीले नेपालमा निर्वाचन प्रक्रियाको विषयमा संक्षिप्त जानकारी एवं ऐतिहासीक पृष्ठभूमीको बारेमा प्रस्तुतीकरण गर्नु भयो । साथै यहाँले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै राजनीतिकदलहरुले संवोधन गर्नु पर्ने भन्दै यसका लागि सबै एकवद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमको दोस्रो दिन अर्थात असोज ९ गते त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका पत्रकारिताका प्राध्यापक जगत नेपालले राजनीतिक र पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरुका राजनीतिक अधिकार सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यही असोज ८,९ र १० गते गरी ३ दिन सम्म काठमाडौंमा आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमक अन्तिम दिन १० गते सुनगाभा होम्सका उपाध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले अब हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु सुनिश्चित हुनु पर्ने, उनीहरुको राजनीतिक प्रतिनिधित्व हुनु पर्ने भन्दै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
तेस्रो दिनको कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले गर्दै राज्यका सबै निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्नु पर्ने र यसको लागि सबै एक जुट भएर लागि पर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुका के कस्ता सवालहरु गरिनु पर्ने भनेर सहभागीहरुसँग छलफल गर्दै विभिन्न राजनीतिकदलका घोषणा पत्रमा समावेश गरिने सवालहरुको संकलन पनि गरिएको छ ।
यस अन्तरक्रियामा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्रका महासिचव गणेश के.सी.ले राज्यका हरेक निकायहरु र सबै राजनीतिकदलमा अपाङ्गताका सवाल समावेश गरिनु पर्ने कुरामा जोड दिनु भयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउतले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागीता र प्रतिनिधत्व सुनिश्चित गरिनु पर्ने, अपाङ्गताको विविधता अनुसार अति आवश्यक सवालहरु सुनिश्चित गरिनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्रका अध्यक्ष टेक बहादुर गुरुङ्गले यस ३ दिने अन्तरक्रिया कार्यक्रमले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितका लागि सहयोग हुने भन्दै विभिन्न राजनीतिक दलहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न दवाब दिने बताउदै सबै सहभागीहरुलाई धन्यवाद दिनु भयो ।


