दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १२ गते, बुधबार ४:३०

शर्मिला विश्वकर्मा, काठमाडौं

निर्मल बाल विकास विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने विद्यालय हो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक, व्यवहारिक ज्ञान र व्यवसायिक तालिम प्रदान गर्दै आएको यस विद्यालयले मंगलबार असोज ११ गते विद्यालयमा नै एक कार्यक्रमको आयोजना गरेर १०३ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत शिक्ष विभागबाट उपलब्ध गराइएको उक्त छात्रावृत्ति निर्मल बालबिकास विद्यालयले शुभ विजया दशमी, दिपावली, नेपाल संवत ११४३ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नं ३१ क वडा अध्यक्ष सरोज ढकालले ती विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै यस विद्यालयलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रविद्धता व्यक्त गर्नु भयो । त्यसै गरी कार्यक्रमका विशेष अतिथि तथा वरिष्ठ समाज सेवी सुरजचन्द लामिछानेले विद्यालयको अक्षय कोषको लागि रु १० हजार रुपैया प्रदान गर्दै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा र विद्यालय व्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।

त्यसै गरी यस निर्मल बालविकास विद्यालयकी प्रधानाध्यापक तथा समाज सेवी ज्योती खानाल / भट्टराईले विद्यालयको अक्षय कोषका लागि रु १५ हजार रुपैया प्रदान गर्नु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र प्रतिभाको पहिचान गरिनु पर्ने र प्रस्फुटनका लागि अवसर दिनु पर्ने, राज्यले व्यवस्था गरेका हरेक सेवा सुविधाहरु उनीहरुको पहुँचमा पु¥याउनु पर्ने, अपाङ्गता अनुकुलको वातावरणमा विद्यार्थीको आवश्यकता पचिान गरी शिक्षा, स्वास्थ्य तथा रोजगार उपलब्ध गराउनु पर्ने कुरामा जोड दिदै सबैलाई विजया दशमी, शुभ दिपावली, नेपाल संवत ११४३ र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

यसै कार्यक्रममा प्रधानाध्यापक तथा समाज सेवी ज्योती खनाल / भट्टराइको पहलमा निर्मल बालविकास विद्यालयको व्यवस्थापनलाई सहज बनाउन, विद्यालयमा हुने खर्चहरुलाई व्यवस्थित रुपले सञ्चालन गर्न विद्यालयको नाममा अक्षय कोष स्थापना भएको छ । यस अक्षय कोषलाई सहज रुपमा सञ्चालन गर्न उहाँले रु १५ हजार रुपैया, वरिष्ठ समाज सेवी सुरजचन्द लामिछानेले रु १० हजार र अभिभावक शान्त बस्नेतले रु १० हजार रुपैया नगद प्रदान गर्नु भयो भने अन्य अभिभावकहरुले पनि आफुले सकेको रकम सहयोग गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु