एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • उही बुढाको हैकम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन १२, बुधबार ०७:५८

    “उही बुढाको हैकम”

    पुस्ता हेर्दा हजुरबा छ
    संबोधन छ ‘दाई र बा‘ को
    उमेर जति ढल्केपनि
    तिनैको ठुलो डाको ।

    जे जे तिनी बोल्दै जान्छन्
    त्यही कुराको सिको
    न त नीति, न त विधि
    व्यक्तिवादले थिच्यो ।

    अति साह्रो अत्याचार भो
    आजित भए सारा
    मनलाग्दी बोल्दै हिडने
    कति छुच्चो पारा ।

    जतिजति कालो कर्तुत
    तिनीकै माया गाडा
    धन पाउँदा सोरिहाल्ने
    भए सार्है छाडा ।

    ज्यान मार्नेले बक्सिस पाए
    गुण्डा गर्दि बापतको भाडा
    असल र निस्ठावान पाखा परे
    मिल्काईए टाढा ।

    सँगसँगै बुझाउनुपर्ने
    पैसाको नै बिटो
    जति बढि दिन सक्यो
    उसकै पालो छिटो ।

    जेलनेल भुले तिनले
    भुले आफनो विगत
    आलिसानको महल रोज्छन्
    फाले सबै इज्जत ।

    कस्तो राम्रो व्यवस्था यो
    जनताको नै नासो
    नेताहरु गनाउदामा
    बन्यो गल पासो ।

    आफनै दुनो सोझ्याउन
    दैलो चाहर्दै तिनै भित्र पसे
    दाई र बा भनीवरि
    हजुर बा लाई उर्जा थप्दै बसे

    युवाहरु पालो कुर्दै
    बुढा भए अहिले
    पचास बर्ष नाघिसके
    पालो पाउने कहिले ? ।

    लाभको पद नहुनेको पनि
    कतिधेरै आर्जन
    हिजो आँफै बिकेकाले
    वेकामको भो गर्जन ।

    आँफैले पाए मात्र हाईसन्चो
    अरुको नाममा ऐठान
    युवाहरु मिल्ने छाटै छैन
    उही बुढाको हैकम ।

    सरोज ओझा
    ललितपुर
    २०७९-०६-१२

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु