एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • सन्जिव र सन्जित सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन १५, शनिबार १६:४०

    काठमाडौं, असोज १५ गते ।मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ ।
    मनमैजुस्थित मनमैजु उमा कुङफु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदन–प्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो ।
    तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उनीहरुलाई प्रशंसा पत्र र खादा प्रदान गरी सम्मान गरे । सो अवसरमा मेयर महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिता दिएर योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
    स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सन्जिवले स्वर्ण जितेका थिए । उनले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि कांस्य हात परेका थिए ।
    त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य जितेका थिए ।
    सोही अवसरमा पहिलो डान प्राप्त गर्न सफल मनीष पुटुवार, सिओन सुनुवार र निराजन मोक्तानलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरुको ग्रेडिङ नेपाल उमा कुङफु संघका सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगरले सञ्चालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु