एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १६ गते, आईतवार १९:३९

काठमाडौं। महिलाहरुव्दारा संचालित कागेश्वरी मनोहरा नगरपालिकाकै नमूनामय सहकारीको रुपमा नाम कमाएको मनमुरी कृषि सहकारी संस्था लिमिटेडव्दारा मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको छ। कागेश्वरी मनोहरा नगरपालिका पशु शाखाको विशेष अनुदान सहयोगवाट मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको हो। गत असारको अन्तिम हप्तावाट संचालनमा आएको मनमुरी कृषि सहुलियत मिट मार्टले बडा दशैंको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार लगायत वरपरका सवै वडाका नगरवासीलाई सहुलियत दरमा हाइजिनिङ मासुहरु विक्री वितरण गर्दैआएको जानकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले दिएकी छन्। अध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार, बडा दशैंलाई लक्षित गरेर खोटाङदेखि अर्गानिक खसी ल्याइएको छ। ताजा खसीका मासुदेखि कुखुरा, हाँस, कालिज तथा टर्कीज र ताजा माछा समेत उपलव्ध गराउंदैआएको छ। सफा, स्वच्छ तथा स्वस्थ बाताबरणमा तयार पारेका हाइजिनिङ मासुको मात्र विक्री वितरण गर्ने कार्य भैरहेको संस्थाकी उपाध्यक्ष गीता सुवेदी राईले भनेकी छन्। त्यस्तै, कोषाध्यक्ष रुक्मा शाहीले अरुबेलाभन्दा यो बडा दशैंको बेला खसीको मासुको व्यापक माग भएको छ। बडा दशैंको बेला भएको कारण कर्मचारी सवै विदामा गएको कारण आफू संचालकहरु नै मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा व्यस्त भैरहेको र बडा दशैंको विदाको समयमा पनि आदरणिय ग्राहकवर्गलाई सेवा दिदैआएको कोषाध्यक्ष शाहीको भनाई छ। संस्थाकी लेखा संयोजक सौमाया राई पनि आफूहरुको सफलताको रहस्य भनेकै आफूहरुको एकता र सहयोगात्मक भावना हो भन्छिन्। तपाईहरुले कही कतै हाइजिनिक सहुलियत दरमा खसीको मासु नपाएमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार तेजविनायक चोक स्थित मनमुरी कृषि बजारमा आएर खरिद गर्न सक्नु हुने भनाई पनि कोषाध्यक्ष शाहीको छ।

प्रकाशन मिति–२०७९ साल असोज १६ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु